रौतहट ।। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले संगठन भित्र सुधार गर्ने आवश्यक भएको बताउनु भएको छ ।
निर्दोष पत्रकार फसाउने प्रकरणमा तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह पछि रौतहट आउनु भएका प्रहरी उपरीक्षक घिमिरेले बुधवार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको संचारकर्मीहरु विच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै रौतहटमा चर्चित घटनाको रुपमा रहेको लागु औषध काण्डको निष्पक्ष रुपमा अनुसन्धान हुने बताए ।
प्रहरी संगठनले दिएको जिम्मेवारी इमान्दारिता साथ निर्वाह गरे भएको कमि कमजोरी ५० प्रतिशत कमि हुने भन्दै रौतहटमा प्रहरीले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा अहम भूमिका निर्वाह गर्ने ठोकुवा गरे ।
प्रहरी संगठन नेपाल सरकारले बनाएको नियम कानुन अनुसार चल्ने भएकोले प्रहरी येन र नियमावली अनुसार दिएको कानुनी अधिकार प्रयोग गर्दै पिडितको न्यायको लागि इमान्दारिता पुर्वक कार्य गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सहभागी भएका जिल्लाका संचारकर्मीहरुले पत्रकारलाइ फसाउने कार्यमा संलग्न भएका दोषी लाइ छिटो नियन्त्रणमा लिनु पर्ने , किसानको लागि मलखाद आपूर्तिमा सहजता प्रदान गर्नु पर्ने , घुमुवा आतंक नियन्त्रण , घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउनु पर्ने , पिडितलाइ थप पिडा दिने कार्य बन्द गर्नु पर्ने , मुद्दा दर्तामा सहज बनाउनु पर्ने , दलाली गर्ने माथि कानुनी कार्यवाही गर्नु पर्ने , महिलासित गर्नु पर्ने व्यवहार शभ्य एवं मर्यादित बनाउनु पर्ने लगायतका जिज्ञासा राखेका थिए ।
पत्रकारहरुले उठेका विषय बस्तु प्रति सम्वोधन गर्दै प्रहरी उपरीक्षक घिमिरेले जिल्ला प्रहरी कार्यालय भित्र व्यापक रुपमा सुधार गर्नु पर्ने आवस्यकता औल्याउदै विगतमा सुधारको परिणाम देख्न सक्ने बताए ।
नेपाल प्रहरीको काँधमा नेपाली नागरिकको सुरक्षाको अभिभारा रहेकोले यसको अनुभूति जिल्ला बासि लाइ गराउने दृढता व्यक्त गरे । उहाले भने गरेर देखाउछु विस्वास गर्नु । जिल्लामा कुनै पनि घटना हुदा जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा जानकारी गराउन अपिल समेत गरे !
सिमा नाकामा उत्पन्न हुने समस्याको विषयमा पहल गर्ने बताए ! दांग जिल्लाको लमही नगरपालिका ५ घर भएका घिमिरे प्रदेश २ मा महोतरीमा इन्स्पेक्टर भएर बसेको बताए ।
नेपाल पुलिस कलेज चितवन भरतपुरबाट रौतहट आएका घिमिरेले जातीय छुवाछुत , बलात्कार , बोक्सीको आरोप जस्तो घटनामा कुनै सम्झौता नगरी कानुनी कार्यवाही गर्ने चेतावनी समेत दिए ।
सामाजिक विकृति र जघन्य घटनाको सवालमा कानुनले दिएको अधिकारको पूर्ण प्रयोग गर्नबाट पछि नहट्ने उहाको भनाइ रहेको छ ।
अनुसन्धान माथी शंका नगर्नु :- एसपी घिमिरे
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।