नवलपुर ।। नवलपुरको गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । आज बिहान गैंडाकोट नगरपालिका १० मा सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किँदा बर्दियाका योगमाया सुवेदी, कन्चरपुरका रङ्गी तिरुवा र कन्चनपुर महेन्द्रनगर झलारीका कृष्ण रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइते २४ जनाको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here