काठमाडाैं ।। आज देशभर मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका धेरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । आज राति पनि देशभर सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि र पर्सि पनि मौसममा सामान्य बदली रहनेछ ।





