रौतहट ।। देशभर प्रत्येक वर्ष भदौ २२ गते मनाइने निजामति सेवा दिवसको अवसरमा रौतहटमा विविध कार्यक्रम गरि भव्य रुपमा मनाइएको छ । व्यवसायीक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासनको मुख्य नाराका साथ मनाइएको हो । दिवसको अवसरमा रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले गौर अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरेका छन । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयको परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण कार्यक्रम समेत भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्ला अस्पताल गौरमा निजामती कर्मचारीहरुले रक्तदान समेत गरेका छन । प्रमुख जिल्ला अधिकारी यादव समेत अन्य कर्मचारीहरुले रक्तदान गरेका हुन ।
त्यस्तै चन्द्रपुरमा रहेका कर्मचारीहरुले मंगलबार चन्द्रनिगाहपुर अस्पतालमा रहेका बिरामीहरुलाइ फलफुल बितरण गरेका छन । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब डोरेन्द्र निरौलाको प्रमुख आतिथ्यमा अस्पतालका करिब २५ जना बिरामीलाइ फलफुल बितरण गरिएको हो ।
फलफुल बितरण कार्यक्रममा उप सचिब निरौलाले निजामति कर्मचारी निस्वार्थ भएर सेवा गर्नुपर्ने सेवा गदै आएको र अझ शसक्त भएर काम गर्नुपर्ने बताउनु भएको छ ।
सरकारले यस वर्ष कोरोना भाइरस ९कोभिड–१९०का कारणले कार्यालयमा नै दिवस मनाउन निर्देशन दिइसकेको छ।
रौतहटमा यसरी मनाइयो निजामती सेवा दिवस
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।