काठमाडौं ।। कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउन र निषेधाज्ञामा चलचिल हलहरु ठप्प भए । सङ्क्रमणदर घटेसँगै सरकारले ४ दिनअघि स्वास्थ्य मापदण्ड पालनागरी हल चलाउनु भनेको छ । चलचित्र हल सञ्चालक कतिपय व्यापार गर्ने तयारीमा छन् भने कतिपय कसरी सुरु गर्ने भन्ने अन्यौलमा छन् । बिहानैदेखि दर्शकहरूको भीडभाड र चलपहल हुने काठमाडौँको चावाहीलस्थित गोपिकृष्ण हल वरपरको क्षेत्र अहिले सुनसान छ । दैनिक ४ चरणमा चलचित्र प्रर्दशन हुँदा पनि दर्शकको कमि हुदैन थियो । तर, १५ महिनामा कुनै कारोबार भएन । सञ्चालकले ७ मध्ये ४ वटा हल भत्काएर व्यापारीक मल बनाउने तयारी गरेको गोपिकृष्ण हलका महाप्रवन्धक प्रदिप दाहालले बताउनुभयो । हल बन्द गरिँदा दर्शक तथा स्थानीयबासीलाई भने नमजा लागेको छ । काठमाडौँकै कमलपोखरीस्थित सिटी सेन्टरमा विग मुभिज नामक चलचित्र हल छ । सरकारले चलाउन भने पनि टिकट काउन्टर खुलेको छैन । मर्मतसम्भार र सरसफाईमा भने कर्मचारी खटिएका छन् । विग मुभिजकै छेउमा रहेको कुमारी चलचित्र हल भने यसबीचमा बन्द भइसकेको छ । उक्त भवनमा कलेज चलाउने तयारी भइरहेको छ । सरकारले हल खोल्न अनुमति दिएपछि देशैभरका चलचित्र हल सञ्चालक खुसी त छन्, सँगै अन्यौल पनि छ । झण्डै ६० वटा चलचित्र अहिले प्रदर्शनको लागि तयार रहेको वितरकहरु बताउँछन् । तर, दर्शक नआउने चिन्ताले प्रदर्शनमा ल्याउन निमार्ताहरुसमेत डराइरहेका छन् । चलचित्र वितरकहरूका अनुसार देशभर १ सयभन्दा धेरै चलचित्र हलहरु छन् । १५ महिनासम्म हल बन्द हुँदा अर्बाैको घाटा व्यहोरेको बताउने कतिपय सञ्चालकहरू भने बन्दाबन्दी र निषेधाज्ञाका कारण चलचित्र प्रदर्शनभन्दा अरु व्यापारव्यावासयमा लागिसकेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here