वुटवल ।। सरकार गठन भएको २४ दिनसम्म पनि लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद् विस्तार भएको छैन । गठबन्धनभित्रको गुटउपगुटबीच भागबण्डा नमिल्दा अहिलेसम्म लुम्बिनी प्रदेशको मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रीका आकांक्षी बढेपछि लुम्बिनी प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर मन्त्रालयको सङ्ख्या १३ पु¥याएको छ । सीआईएनसँग कुराकानी गदै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले २÷४ दिनभित्रैमा सरकारले पूर्णता पाउने बताउनुभयो । लुम्बिनी प्रदेशमा माओवादी केन्द्र, नेपाली काँग्रेस,जनता समाजवादी पाटी, राष्ट्रिय जनमोर्चा एवं स्वतन्त्र सांसदको समर्थनमा गठबन्धनको सरकार बनेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।