जनकपुर ।। प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ। आइतवार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन्।
मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र साहलाई दिएका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी अर्थ सम्हाल्दै आएका विजय यादवलाई दिइएको पूर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहाले जानकारी दिएका छन्।
यता, आफूलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट हटाएर अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको पत्र प्राप्त भएको मन्त्री शैलेन्द्र साहले बताए। यद्यपि, आफूले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेबारी कसलाई दिइएको विषयमा जानकारी नरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here