जनकपुर ।। जनकपुरको जानकी मन्दिर परिसरभित्र रहेका फोटोसहितको बोर्डहरु हटाइएको छ । जनकपुरका केहि युवाहरुले जानकी मन्दिर परिसरभित्र रहेका प्रचारमुखी बोर्डहरु हटाएका छन् । मुख्यमन्त्री लालबाबु राउतको फोटोसहितका बोर्ड अविलम्ब हटाउन र पर्खालमा प्रचार–प्रसार गर्नेविरुद्ध उचित कारबाहीसहित जरिवानाको व्यवस्था गर्न सम्बन्धित सरोकारवालासँग माग गर्दै जनकपुरका युवाहरुले हिजो बोर्डहरु हटाएका हुन् । मुख्यमन्त्री स्वच्छता अभियानको नाममा प्रचारप्रसार मात्रै गर्ने उद्देश्यले होडिङ्ग बोर्ड र आफ्नो फोटोसहितको पोस्टर लगाएर जानकी मन्दिर परिसरलाई कुरुप बनाउन प्रयोग गरिएको बोर्डहरु जनकपुरका युवा अभियन्ताहरुले हटाएका एक जना युवा सरोज मिश्रले बताउनुभयो । मुख्यमन्त्री प्रचारप्रसारको बोर्ड, अन्य संघसंस्थाहरुको प्रचारप्रसार गर्न लगाइएका बोर्डहरुपनि हटाइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।