राहुल कुमार पाण्डेय ।। राैतहट ।। नेपाल प्रहरी रौतहटकै संलग्नतामा रिसिवि साधन पत्रकारलाई फसाईएको घटनामा दोसीलाई सिघ्र कारवाही गर्न रौतहट जिल्ला अदालत बार एशोसिएसनले मागँ गरेको छ । गत साउन ३२ गतेका दिन लागु औषध ओसार पसार कारोवारमा संलग्न भएको आरोपमा पक्राउ परेका अनलाइ रौतहट एक्सप्रेसका संचालक महमद मोजिवुल्ला र नावालक शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई रौतहट प्रहरीले पक्राउ घटनामा सार्वजनिक भएको आडियो तथा सिसिटिभ फोटेजले नेपाल प्रहरीकै पुष्टी भएको हो । रौतहट जिल्ला अदालत बार एशोसिएसन गौरले आज एक प्रेश विज्ञप्त जारी गर्दै, पत्रकार फसाउने घटना प्रति गम्भीर ध्यानाकार्षण भएको भन्दै एशोसिएसन प्रहरी जस्तो जनतालाई पुर्वाग्राही रुपमा फसाउने जस्ता घृणित कार्य गरि आम सर्वसाधारण जनताको प्रहरीको प्रतिको विश्वास क्षयीकरण गर्ने कार्यले रौतहट प्रहरीको उचाईलाई होचो बनाएकोले यस्ता घृणित कार्यमा संलग्न जो कसैलाई पनि अविलम्व छानवीन गरि कानुनी कार्वाहरु गर्नुपर्ने दायित्व समेत स्मरण गराउदै दोषीलाई सिघ्र कारवाही गर्न र निर्दोष सर्वसाधारण व्यक्तिलाई रिहाई गर्न जोडदार मागँ गर्दछ एशोसीएसनका सचिव भाग्य नारायण झाद्वारा जारी विज्ञप्तमा उल्लेख रहेको छ । पत्रकार मोजिबुल्लाहलाई होटेल ग्रीन सिग्नलमा खाजा खान बोलाएर होटेल अगाडी पार्किंग गरि राखिएको बी आर ३० १८८७ नम्बरको ग्लेम्बर मोटर साइकलको हेड लाइट भएको ठाउको मुनि जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीको टोलीले लागु औषध नाईट्रो भेट ७ पता १०५ वटा कालो प्लास्टिकको झोलामा हाल्न लगाई खाजा खाएर होटेलबाट निसेकेका संचारकर्मी मोजिबुल्ल्लाह लाइ होटेल देखि पर बसेका घुमुवा प्रहरीले पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here