काठमाडाैं ।। सरकारले अफगानिसतानबाट नेपाल फर्केकाहरुलाई नजिकैको खोप केन्द्रबाट पोलियो खोप लगाउन आग्रह गरेको छ । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट उद्दार गरेर ल्याइएका नेपालीलाई नजिकैको खोप केन्द्रमा गएर पोलियो खोप लगाउन सरकारले आग्रह गरेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जो नेपाली घर फर्किसकेका छन् उनीहरुलाई नजिकैको खोप केन्द्रमा गएर पोलियो खोप दिन भनेर पत्राचार भइसकेको बताएको छ । महाशाखाका वरिष्ठ मेडिकल सुप्रिटेन्डेन्ट डा.हेमन्तचन्द्र ओझाले अफगानिस्तानबाट सोमबार उद्दार गरि ल्याइएका १ सय ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पोलियो खोप लगाइएको बताउनुभयो । उहाँले हिजो आएका सबै १ सय ८ नेपालीलाई विमानस्थलमै खोप लगाइएको र छुटेकाहरुलाई खोप लगाउनका लागि आग्रह गर्नुभयो । उहाँका अनुसार विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल हेल्थ रेगुलसनको सिफारिस आएपछि अफगानिस्तानबाट फर्किएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय भएको बताउनुभयो । सोही निर्णय अनुसार उद्दार गरि ल्याएका नेपालीलाई पोलियो खोप लगाउने काम सुरु भएको पनि उहाँले जानकारी दिनुभयो । तालिबानले अफगानिस्तानमाथि कब्जा गरेपछि त्यहाँ रहेकामध्ये साढे ५ सयभन्दा बढी नेपाली नेपाल फर्किएका छन् ।
Home मुख्य समाचार अफगानिसतानबाट नेपाल फर्केकाहरुलाई नजिकैको खोप केन्द्रबाट पोलियो खोप लगाउन सरकारकाे आग्रह





