एजेन्सी ।। बलिउडका सुपरस्टार सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘टाइगर–३’को छायांकन सेटबाट उनको लुक्स लिक भएको छ । यो चलचित्रको रसियामा छायांकन भइरहेको छ ।
रसियापछि अन्य केहि देशमा पनि चलचित्रको छायांकन गर्ने निर्माण टिमको योजना छ । अहिले छायांकन भइरहेको रसियाको सेटबाट चलचित्रभित्रको सलमानको लुक्स लिक भएको हो ।
केही दिन अगाडि सलमान र कट्रिना कैफसहित चलचित्र निर्माण टिम रुस पुगेको थियो । लिक भएको सलमानको लुक्समा उनी अहिलेसम्मकै भिन्न अवतारमा देख्न सकिन्छ ।
लामो दाह्री र जुंगामा देखिएका उनी यसअघिका चलचित्रमा भन्दा निकै बेग्लै देखिने पक्कापक्की छ ।
चलचित्रको सेटबाट सलमानको लुक्स कसले सार्वजनिक गरेको हो भन्ने विषयमा अहिलेसम्म निर्माण टिम बोलेको छैन ।
तर, सार्वजनिक भएको केहि टाइममै उनको लुक्स भाइरल भएको छ । अब सलमानको टिमले उनको उक्त दृश्य सार्वजनिक गर्नेलाई कारबाही पहल गर्छ या यो चलचित्रप्रति दर्शकको ध्यान खिच्न सुटिङ सेटभित्रकै टिमबाट भएको हो त्यो रहस्यमै छ ।
चलचित्रमा सलमान ‘र’ एजेन्टको भूमिकाका देखिदैछन् । मनिष शर्माको निर्देशनमा यो चलचित्र निर्माण भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here