काठमाडाैं ।। विश्वभर नै मुख क्यान्सर भएका मानिसको संख्यामा वृद्धि भइरहेको छ । नेपालमा पनि मुख क्यान्सरले विस्तारै विकराल रुप लिन थालेको छ । सरकारले सार्वजनिक स्थानमा धूम्रपान तथा मद्यपान नगर्ने भने पनि व्यवहारमा लागू नहुँदा समस्या बढ्दो छ । आवश्यक प्रचारप्रसार तथा जनचेतनाको कमीले यस्तो समस्या ग्रामीण भेगमा अझ बढी छ । मुख क्यान्सर रोग र समस्या समाधानका लागि अपनाउनुपर्ने उपायबारे नेपाल मेडिकल कलेजका डा.नीरज पन्त यसो भन्छन् ः
समयमा परीक्षण नगर्दा समस्या
१ मुखमा समस्या आएको लामो समयसम्म पनि स्वास्थ्य परीक्षण नगर्ने प्रचलन समाजमा छ । जसले गर्दा समस्या बल्झिएर धेरै ढिला भइसकेको हुन्छ । सो अवस्थामा सर्जरी नै गर्नुपर्ने हुन्छ । रोग पुरानो भएर ढिलो उपचार गर्न आउँदा रोग निको पार्न कठिन हुन्छ ।
२ बढ्दो मुख क्यानसरलाई कम तथा निर्मूल गर्न र प्रत्येक नागरिकले जानकारी पाउने गरी जनचेतनामूलक कार्यक्रम गराउनुपर्छ । राज्यले सही तरिकाले प्रचारप्रसार गरेको खण्डमा मुखमा देखापर्ने धेरै समस्या समाधान हुन्छ ।
३ नेपाल सरकारको दन्तसम्बन्धी हेर्ने फोकल पर्सन सक्रिय भएर काम गरेको देखिदैँन । यस्ता जनशक्तिलाई ग्रामीण भेगमा परिचालन गरेको अवस्थामा मुखको क्यान्सर कम गर्न धेरै मद्दत पुग्छ ।
४ सार्वजनिक स्थानमा धूमपान तथा मद्यपान गर्नेलाई कडा कारबाही हुनुपर्छ । यो निर्णयलाई कार्यान्वयनमा ल्याउन नसक्दा धेरैको स्वास्थ्यमा समस्या थपिदैँ गएको देखिन्छ ।
मुख स्वस्थ नहुँदा क्यान्सर
१. दैनिक दाँत माझ्न प्रयोग गर्ने ब्रस र प्रयोग गर्ने तरिका सही नहुन पनि सक्छ । त्यसैले दाँत माझ्ने शैलीमा परिवर्तन हुनु आवश्यक छ ।
२. कतिपयको ब्रस गर्ने बानी नै हुँदैन भने कतिपय हतारले ब्रससमेत नगरी खानेकुराको सेवन गरिरहेका हुन्छन् । यस्तो गर्नु मुख स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।
३. हामी आपूmलाई जे मन लाग्ने त्यही खान्छौँ । के खाने, कस्तो खाने भन्नेमा हाम्रो नियन्त्रण छैन । यसरी खानालाई नियन्त्रण नगर्दा तथा दाँतलाई सफा राख्न नसक्दा मुख क्यान्सरका रोगी बढिरहेका छन् ।
४. राम्रोसँग चपाएर ननिलेको अवस्थामा पनि स्वास्थ्यमा समस्या देखिन्छ । यसले दाँतलाई कमजोर बनाउनुका साथै मानिसलाई कुपोषणको जोखिमतर्फ लैजाने गर्छ । केही वर्षअघिभन्दा बिहान दाँत माझ्ने बानी तल्लो तहमा पनि विकास भइसकेको छ । तर, यसले मात्रै पुग्दैन,अझै चेतना जगाउनु राम्रो हुन्छ ।
मुख क्यान्सरबाट कसरी सुरक्षित हुने ?
१. बढ्दो मुख क्यान्सरबाट बच्न वर्षको दुईपटक दन्त परीक्षण गर्नुपर्छ । नसके पनि वर्षको एकपटक डेन्टिस्टकहाँ जानैपर्छ ।
२. आपूmले दैनिक प्रयोग गर्ने खानेकुराको राम्रोसँग ख्याल गर्नुपर्छ । दाँतमा केही समस्या आउनेवित्तिकै परीक्षण गराउनुपर्छ । कुन खानाले यस्तो असर गर्छ भन्ने जान्ने जरुरी छ ।
३. मुख क्यान्सरबाट बच्न बर्षमा दुईपटक दाँतको पूरै सरसफाइ गर्नुपर्छ । जसले गर्दा गिजा स्वस्थ रहन्छ र रोगसँग लड्न सक्ने क्षमता कायम हुन्छ ।
मुखको क्यान्सर कसरी थाहा पाउने ?
१. सामान्यतया मुखको क्यान्सर चुरोट, खैनी, पान परागजस्ता कुलतका कारण हुने पाइएको छ । क्यान्सर भएको व्यक्तिको गिजाको भाग विस्तारै कडा हुँदै जान्छ । पहिला भएको मुखको आकार पनि विस्तारै सानो हुँदै जान्छ । यस्तो अवस्था आएमा मुखको क्यान्सर हुन लागेको शंका गर्नुपर्ने हुन्छ ।
२. यस्तो अवस्था देखिए जिब्रोमा समेत क्यान्सर हुँदै जान्छ । यसका लागि बायोप्सी गर्नुपर्ने हुन्छ । जसले मुखको क्यान्सर कुन स्टेजमा छ भन्ने जानकारी हुन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here