काठमाडाैं ।। प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् ।दल दर्ताका लागि माधवकुमार नेपाल समूहका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै एमाले फुटेको छ । वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका थिए ।त्यस अनसार यो समूहका नेताहरु आयोग पुगेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।