काठमाडाैं ।। मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेका कारण आज पनि देशभरको मौसम प्रतिकुल रहने पूर्वानुमान गरिएको छ । अहिले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि देशभरकोे मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here