काठमाडाैं ।। तालिबान लडाकुले अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानीमाथि कब्जा गरेको छ । ३८ प्रान्तीय राजधानीमध्ये हिजोसम्म तालिबानले २० राजधानीमाथि कब्जा गरिसकेको छ । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेपछि तालिबानले आक्रमण सुरु गरेको हो । अफगानिस्तानको राजधानी काबुल कब्जा गर्ने तालिबानले तयारी गरेपछि त्यहाँ रहेका विभिन्न देशका दूताबासहरु खालि गराइँदैछ । तालिबान लडाकु काबुलबाट मात्रै ३ सय किलोमिटरको दुरीमा रहेको छ । कुनैपनि समय उनीहरुले राजधानी काबुललाई नियन्त्रणमा निल सक्ने भएकाले मानिसहरु त्रसित बनेका छन् । यसैबीच, संयुक्त राष्ट्र संघले अफगानिस्तानको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ । संघका महासचिव एन्टिनियो गुटेर्रसले अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर जान लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले दुवै पक्षलाई नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै नागरिकमाथिको आक्रमण मानवीय र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको समेत बताउनुभएको छ ।
राजधानी काबुल कब्जा गर्ने तयारीमा तालिबान
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।