मुम्बइ ।। बलिउड अभिनेत्री तापसी पन्नू अभिनित चलचित्र ‘रश्मि रकेट’ ओटीटी डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक हुने भएको छ।
आकर्ष खुराना निर्देशित स्पोर्ट्स–ड्रामा सिनेमाको छायांकन जनवरीमा सकिएको थियो ।
भारतीय मिडियाका अनुसार ‘रश्मि रकेट’ ५८ करोडमा बिक्री भएको छ । महिला केन्द्रित सिनेमाको लागि यो निकै ठूलो रकम हो ।
आरएसवीपीको लगानी रहेको सिनेमामा तापसीसँगै सुप्रिया पाठक, अभिषेक बनर्जी र प्रियांशु पेन्युलीलगायतको अभिनय छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।