काठमाडाैं ।। तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ । अफगानिस्तानमा जारी लडाइँका बीच तालिबानले हिजो गज्नी र हेरातलाई सहरलाई आफ्नो नियन्त्रणमा लिएको थियो । एकजना तालिबानका प्रवक्ताले कान्दहार पूर्ण रूपमा कब्जामा लिएको बताए पनि अहिले सम्म पुष्टि नभएको बिबिसीले लेखेको छ । उक्त सहर नियन्त्रणमा लिनु भनेको तालिबानका लागि निकै महत्वपूर्ण विजय हुनेछ । तालिबानले अहिले देशको उत्तरी क्षेत्रमध्ये धेरै स्थानमा नियन्त्रण गरिसकेको छ । उसले हालसम्म देशको एक तिहाइ भू–भागमा आफ्नो नियन्त्रण कायम गरेको बताइएको बीबीसीले उल्लेख गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।