काठमाडौं ।। लुम्बिनी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेता केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । केसीलाई काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ ।
काँग्रेससहितका विपक्षी गठबन्धनकोे तर्फबाट केसीले नयाँ सरकार बनाउन ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेका थिए ।
प्रदेश प्रमुखको कार्यालयले विहीवार दिउँसो ३ बजेसम्म नयाँ सरकार बनाउन बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेस गर्न प्रदेश सभाका प्रमुख राजनैतिक दलहरुलाई बुधवार सूचना जारी गरेको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।