काठमाडाैं ।। रुसले उत्पादन गरेको कोरोनाविरुद्धको खोप स्पुतनिक भी कोरोना भाइरसको डेल्टा भेरिएन्टमा ८३ प्रतिशतसम्म प्रभावकारी रहेको दावी गरेको छ । रुसका स्वास्थ्यमन्त्री मिखेल मुरास्कोले स्थानीय एक पत्रिकामा अन्तरवार्ता दिने क्रममा सो दावी गरेको हो । यो दर यसअघि अनुमान गरिएको भन्दा कम रहेको पनि बताइएको छ । गत जुनमा खोप निर्माता कम्पनी गामेलिया इन्स्टीच्यूटले डेल्टा भेरिएन्टविरुद्ध यो खोप करीब ९० प्रतिशत प्रभावकारी रहेको बताएको थियो । कोरोना भाइरसको सबै प्रकार विरुद्ध खोप सुरक्षित र प्रभावकारी भएको निर्माता कम्पनी गामेलियाले बताएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here