काठमाडाैं ।। जनता समाजवादी पार्टीले एक जना मात्रै अध्यक्ष रहनेगरी निर्वाचन आयोगमा कार्यकारिणी समितिलाई अद्यावधिक गराएको छ । 
सोमबार आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि नयाँ कार्यकारिणी समितिको विवरण अद्यावधिक गरेको हो । योसँगै महन्थ ठाकुरको अध्यक्ष पद पनि गुमेको छ ।
आयोगले जसपामा ३५ सदस्यीय नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गरेको छ । जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादवको पक्षमा र १६ जनाले ठाकुर पक्षमा सनाखत गरेका थिए । रेशम चौधरी भने तटस्थ बसेका थिए । पछि उनले यादवको पक्षमा रहेको बताएका थिए ।
पार्टी आधिकारिकता टुंगो लगाउन निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जना सदस्यलाई आवशयक कागजात सहित कार्यालयमा उपस्थित भएर सनाखत गर्न भनेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here