काठमाडाैं ।। अफगानिस्तानमा सरकारसँग युद्ध गरिरहेको तालिबानले उत्तरी क्षेत्रमा रहेको जाज्जान प्रान्तको सेबर्घान सहर नियन्त्रणमा लिएको दावी गरेको छ । तालिबानले गत शुक्रबार प्रान्तका गभर्नरको कार्यालयको कम्पाउण्डलाई नै आफ्नो नियन्त्रणमा लिएको थियो । तर, अफगानी सेनाले तालिबानलाई हटाएको थियो । अफगानिस्तानका रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सेना अझै पनि सोही सहरमा रहेको र अब छिटै नै उक्त सहरलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउने दाबी गरेका छन् । पछिल्लो दुई दिनमा तालिबानको कब्जामा गएको यो दोस्रो प्रान्तीय राजधानी हो । यसअघि गत शुक्रबार निम्रोज प्रान्तको जारन्ज सहरमा पनि तालिबानले कब्जा जमाएको थियो । अहिले कुन्दुज र लस्कर गाहमा पनि भिडन्त भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here