काठमाडाैं ।। कोरोना महामारीको क्रममा कोभिड विशेष अस्पताल बनेको वीर अस्पतालमा हिजोआज कोरोना बाहेक अन्य रोगको उपचार पुनः सुरु भएको छ । मुलुककै सबैभन्दा पुरानो तथा विपन्न नागरिकको उपचार गर्ने अस्पताल भनेर चिनिएको वीर अस्पतालमा विरामीको घुँइचो लागेको छ । कोरोना सङ्क्रमणको जोखिम भए पनि उपचार नगराई विकल्प नभएकाले पत्थरीको उपचार गर्न आएको उदयपुर कटारीका ७० वर्षिया केदार पटेलले बताउनुभयो । वीर अस्पतालमा कोरोना महामारी सुरु हुनु अघिसम्म सबै रोगको उपचार हुने गरेकामा कोरोना महामारीको पहिलो र दोस्रो लहर उच्च बिन्दुमा पुगेपछि कोरोना बाहेकका उपचार सेवा बन्द गरिएको थियो । तर, हिजोआज फेरि बिरामीको सहजताका लागि सबै उपचार सेवा सुरु गरिए पनि अस्पतालको भीडभाड देख्दा अस्पतालबाटै कोरोना सर्ने हो कि भन्ने डर लागेको धनुषा बरमझियाका सुनिता देवी मुखियाले बताउनुभयो । कोरोना महामारीभन्दा पहिलेसम्म अस्पतालमा देशभरबाट गरी दैनिक एक हजारदेखि १५ सयको सङ्ख्यामा विरामीहरु आउने गरेकामा अहिले पनि दैनिक झण्डै ५ सयको सङ्ख्यामा विरामीहरु आईरहेका छन् । अस्पतालमा भीड व्यवस्थापन चुनौतिपूर्ण देखिन्छ । वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतले नागरिक आफै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले कोरोना सङ्क्रमण न्यूनिकरण गर्ने जिम्मेवारी सरकारको मात्रै नभएकाले प्रत्यक नागरिकले स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने बताउनुभएको हो । सरकारी अस्पताल र निःशुल्क उपचार तथा सहुलियत सेवा पाउने भएकाले वीर अस्पतालमा भीडभाड बढेको हो । अस्पतालले भीड व्यवस्थापन गर्न नसक्दा सेवामा ढिलासुस्ती साथै विरामी र उनिहरुका आफन्तलाई कोरोना लगायत विभिन्न सरुवा रोगको डर समेत बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here