काठमाडौँ ।। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसका साथै देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख ५० हजार ७२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस सँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ९५७ पुगेको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५३५ जना कोरोना संक्रमणमुक्त भएको छ । यसका साथै निको हुनेको कुल संख्या ६ लाख ६१ ह्जार ६५१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
देशभर ३३ हजार ६६४ जना सक्रिय संक्रमित रहेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।