काठमाडाैं ।। चीन र जापान सरकारले अनुदानमा दिने घोषणा गरेको नोबेल कोरोना भाइरसविरुद्धको खोप यसै साता नेपाल आउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोपको मात्रा यही साता नेपाल आउने जानकारी गराउनुभयो । गृहमन्त्रालयमा हिजो भएको छलफलमा उहाँले यसबारेमा जानकारी गराउनुभएको हो । चीनले यसअघि पनि नेपाललाई दुई चरणमा १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यसबाहेक सरकारले चीनसँग ४० लाख डोज खोप पनि खरिद गरिसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here