काठमाडाैं ।। बितेको डेढ वर्षमा नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या ५४ हजार नाघेको छ । हालसम्म ५४ हजार ४ सय ६० बालबालिकामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायले जानकारी दिनुभयो । पहिलो लहरमा २१ हजार ५ सय २३ जना बालबालिका सङ्क्रमित भएका थिए भने दोस्रो लहरमा ३२ हजार ९ सय ३७ बालबालिका सङ्क्रमित भएको उहाँको भनाइ छ । कोरोना महामारीको दोस्रो लहरमा २९ हजार ७ सय ७७ बालबालिका कोरोनामुक्त भएका छन् । सङ्क्रमणबाट पहिलो लहरमा ३८ र दोस्रो लहरमा ४३ जना गरी कुल ८१ जना बालबालिकाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संसदीय समितले भने कोरोनाका कारण बालबालिकामा परेको प्रभावका बारेमा अध्ययन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । हिजो बसेको प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले कोरोनाका कारण बालबालिकामा परेको प्रभावका बारेमा अध्ययन गर्न भनेको सभापति निरुदेवी पालले सीआईएनसँग बताउनुभयो ।
नेपालमा कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या ५४ हजार नाघ्यो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।