काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो । यसका साथै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ८८ हजार ३०७ पुगेको छ । पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् । देशभर संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ । यसका साथै मृत्यु हुनेको १ हजार ७९१ प्ुगेको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।