काठमाडाैं ।। प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच टेलिफोन संवाद भएको छ । हिजो साँझ अमेरिकी विदेशमन्त्री ब्लिंकेन र प्रधानमन्त्री देउवाबीच टेलिफोन संवाद भएको हो । टेलिफोन संवादमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । संवादका क्रममा कोरोना भाइरसविरुद्धको खोप र अन्य सहयोगका साथै जलवायु परिवर्तनका बारेमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । भारत भ्रमणमा रहेका विदेशमन्त्री ब्लिंकेनसँग प्रधानमन्त्रीले देउवाले टेलिफोन संवाद गर्नुभएको हो । प्रधानमन्त्री देउवाले पनि अमेरिकी विदेशमन्त्री ब्लिंकनसँग टेलिफोनमा संवाद भएको र द्विपक्षीय हितका बारेका कुराकानी भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिनुभएको छ । प्रधानमन्त्री देउवाले अमेरिकाले हालै नेपाललाई कोरोनाका विरुद्धको १५ लाख डोज खोप उपलब्ध गराएकोमा अमेरिकी विदेशमन्त्री ब्लिंकेनमार्फत अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here