काठमाडाैं ।। मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज मनाइदैछ । मुस्लिम समुदायले देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक बकर इद मनाउदै छन् । पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी जानकारी दिनुभयो । काठमाडौँमा रहेको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । तर यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगले घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद)को अवसरमा नेपाली मुसलमानहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
मुस्लिम धर्मावलम्बीले बकर इद पर्व मनाउँदै,पर्व मनाउन आज सार्वजनिक बिदा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।