काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा एक १३ हजार १३५ नमुना परीक्षण गर्दा ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ।
यसैबिच पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ५९५ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।