काठमाडाैं ।। भारतको महाराष्ट्रमा पर्खाल भत्किँदा ७ जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण महाराष्ट्रमा जनजीवन प्रभावित बनेको छ । महाराष्ट्रको चेम्बुरस्थित एक घरको पर्खाल भत्किँदा ७ जनाको मृत्यु भएको हो । भारतको विभिन्न राज्यमा लगातारको वर्षाका कारण घरहरु डुबानमा परेको छ । यस्तै रेलवे लिकहरुपनि डुबानमा परेपछि रेलवे सेवा बन्द गरिएको हो । अबिरल वर्षाका कारण महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश लगायतका राज्यमा निरन्तरको वर्षाका कारण लाखौं मानिसहरु प्रभावित भएपछि सरकारले ओरेन्ज एलर्ट जारी गरेको छ । मौसम विभागले सबैलाई सुरक्षित स्थानमा बस्न र सतर्क रहन पनि आग्रह गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।