काठमाडाैं ।। बजेट नै पारित नगरी लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएकोमा प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले प्रदेश सभामा प्रक्रियामा गइसकेको बजेटलाई अलपत्र पारेर मध्यरातमा अधिवेशन अन्त्य गराउनु सरकारको पराजित मानसिकता भएको टिप्पणी गर्नुभयो । यो विषयलाई विपक्षी गठबन्धनले गम्भीर रुपमा लिएको र प्रदेश प्रमुखको भूमिकामाथि समीक्षा गरी थप कदम चाल्ने तयारी भएको उहाँको भनाइ छ । हिजो बजेट पास गर्न नसकेपछि गएराति अधिवेशन अन्त्यको घोषणा गरिएको हो । लुम्बिनी प्रदेश, मन्त्रीपरिषदको बिहीबारको निर्णय अनुसार मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भइआए अनुसार चालु आठौँ अधिवेशन मध्यराति १२ बजेदेखि अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रदेशसभाको हिजोको बैठकमा बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि नै सत्तापक्षले बैठक बहिस्कार गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here