काठमाडौं ।। महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। यससँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्।
ओली पदमुक्त भएसँगै महान्यायाधिवक्ता बडाले समेत राजीनामा दिएका हुन । उनले प्रधानमन्त्री ओली समक्ष राजीनामा दिएका हुन्।
अग्नि खरेलले राजीनामा दिएपछि बडाल चैत ६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए।सरकारी वकिलहरुले एक कार्यक्रम गरि बडालको विदाई गरिएको छ। प्रतिनिधिसभा विघटन भएपछि सरकारको तर्फबाट पहिले खरेलले र अहिले बडालले सरकारको रक्षामा बहस गरेका हुन्। 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here