काठमाडाैं ।। नेपालमा पछिल्लो २४ घण्टामा २६३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ७ हजार ५ सय ३ जनाको पिसिआर परीक्षणबाट १७१८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ५हजार ८२ जनाको एन्टिजेन परीक्षणबाट ९ सय १६ जनामा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५ ८५ परीक्षणबाट २६३४ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा १५६५ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म ९२६३ जनाको मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here