काठमाडाैं ।। वाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजेका लागि तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । हिजो दिउँसो तीन बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै आज दिउँसोसम्मका लागि सारिएको थियो । विपक्षी दलहरूले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा एकलौटी गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । हिजो बसेको सर्वदलीय बैठकमा सहमति भएका कारण आजको बैठक चल्ने सम्भावना रहेको सांसद घनश्याम दाहालले जानकारी दिनुभयो । सभामुख सानु कुमार श्रेष्ठको आह्वानमा बसेको बैठकमा आज दिउँसो १ बजे बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।