सांकेतिक तस्विर

काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको बताएका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले ऐतिहासिक रूपमा अभूतपूर्व ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताएका हुन् । उनले भने, ‘योजनाबद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र तदनुसारको क्रियाकलापहरूले हाम्रो पार्टी झन बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ ।’ बिमिस्टेक, लगानी सम्मेलन लगायत अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उनले गरे ।
उनले भने, ‘राष्ट्रिय हित सार्वभौमसत्तालाई सम्बर्द्धन गरिरहेको र हाम्रा छिमेकी मित्रराष्ट्रहरूको सम्बन्धमा कतै असमझदारी पैदा भइहाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वका आधारमा पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउँदै लगेका थियौ । विकास गर्दै लगेका थियौं । इतिहासमा पहिले कहिल्यै नभएका ठूल्ठूला सकारात्मक लक्ष्यहरू प्रकट भएका थिए ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here