काठमाडाैं ।। बेल्जियम र चेक रिपब्लिक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छन् । गएराति भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो । उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको छ । चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले पराजित गरेको हो । युरोकप अन्तर्गत आज राति पनि दुई खेल हुदैछन् । पहिलो खेलमा स्पेन र क्रोएसिया बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्नेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।