काठमाडाैं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा संवैधानिक इजलासमा आजदेखि विपक्षीको बहस सुरु हुँदैछ । सरकारी वकिलका तर्फबाट मुद्दाको प्रतिरक्षा प्रारम्भ हुने सर्वोच्च अदालतले जनाएको छ । सरकारी वकिल र अन्य प्रत्यार्थीका कानुन व्यवसायीका लागि इजलासले १५ घण्टा समय दिएको छ । जसमा सरकारी वकिलसँगै प्रत्यार्थीतर्फबाट निजी कानुन व्यवसायीका लागि समय लागू हुनेछ । तर समय व्यवस्थापनमा सरकारी वकिल र सभामुख अग्नि सापकोटाका निजी कानुन व्यवसायीबीच विवाद देखिएको छ । सभामुखका कानुन व्यवसायीले आधा समय नै माग गरे पनि महान्यायाधिवक्ताले उक्त समय नदिने इजलासमै बताएपछि विवाद देखिएको हो । समयको व्यवस्थापन बारेको विवाद आज बिहान सल्टाएर बहस सुरु गर्ने तयारी सर्वोच्चको छ । यो पटक सरकारी वकिलको नेतृत्व महान्यायाधिवक्ता रमेश बडालले गर्दै हुनुहुन्छ । पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्नि खरेलले पनि प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दै हुनुहुन्छ । साथै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेलगायतका सरकारी वकिल पनि प्रतिरक्षा उत्रिने तयारीमा हुनुहुन्छ । सभामुखका तर्फबाट भने पाँच जना कानुन व्यवसायीले बहस गर्दैछन् । रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस हिजो सकिएपछि आजबाट विपक्षीको तर्फबाट बहस सुरु हुन लागेको हो । नवेदक पक्षका ३६ जना कानुन व्यवसायीले बहस गरेका छन् ।
Home मुख्य समाचार प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा संवैधानिक इजलासमा आजदेखि विपक्षीको बहस सुरु हुँदै
प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा संवैधानिक इजलासमा आजदेखि विपक्षीको बहस सुरु हुँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












