कैलाली ।। कर्णाली नदी कटानले कैलाली–बर्दिया जोड्ने हुलाकी राजमाग अवरुद्ध भएको छ । हिजो दिउँसो कर्णाली नदीले पुलको पूर्वपट्टि कटान गरेपछि हुलाकी राजमार्ग पूर्णतया अवरुद्ध भएको हो । कर्णाली नदीको बहाव पूर्वपट्टि बढ्दै गएकाले पहिले देखि नै त्यहाँ पुलको स्पान थप्नु पर्ने स्थानीयको माग थियो तर समयमै काम नहुँदा नदी कटानले बाटो अवरुद्ध भएको हो । बर्दियाको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले अब विकल्पको रुपमा पुलबाट करीब पाँच किलोमिटर उत्तर दौलतपुरघाटस्थित डुंगाबाट नदी वारपार गर्नुपर्ने अवस्था आएको बताउनुभयो । बाटो अवरुद्ध भएपछि टीकापुर नगरपालिका वडा नं. ८ को श्रीलंकामा बसोबास गर्ने ४० परिवारको कैलालीतिरको सम्पर्क टुटेको वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here