रौतहट ।। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरिले, चन्द्रनिगाहपुरबाट प्रकाशन हुने साझावाणी दैनिकको बिमोचन गर्नु हुदै निरन्तरताका लागी आफ्नो ब्यक्तिगत तथा संस्थागत रुपमा गर्नु पर्ने सहयोगमा कुनै कन्ज्युसाई नहुने बताउनु भएको छ ।
रौतहटको चन्द्रनिगाहपुरमा साझावाणी दैनिक पत्रिकाको एक कार्यक्रमका बिच बिमोचन गर्नु हुदै प्रमुख अतिथिको रुपमा बोल्नु हुदै केन्द्रीय सदस्य पुरी स्वच्छ र निस्पक्ष पत्रकारीको लागि हामी प्रतिबद्ध रहेको बताए । पत्रिकाले सत्य तथ्य र निष्पक्ष घटनाहरुलाई प्राथमिकतामा राख्नु पर्नेमा पुरिले जोड दिनु भयो ।
चन्द्रनिगाहपुरमा आजबाट दैनिक रुपमा साझावाणी दैनिकी प्रकाशनको शुरुवात गरेकोमा प्रकाशन सागर हुमगाईलाई अग्रज पत्रकारहरु फनिदेव महत , यादवराज पुरि , सञ्जय कार्की , सुब्बा कार्की , रमेश तिमल्सिना लगायतले शुभकामना दिनु भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here