काठमाडाैं ।। इथियोपियाको सरकारी हवाई फौजले गरेको आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् । इथियोपियाको हवाई फौजले राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको बिबीसीले लेखेको छ । इथियोपियाको सेनाले गैर सैनिकहरूलाई निशाना नबनाएको बताउँदै आफ्नो हमलाले ‘आतङ्कवादी’ लाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ । टिग्रेको विद्रोही सेनाले हालैका दिनमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए । इथियोपियाको सरकारले त्यसलाई अस्वीकार गरिरहेको थियो । रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसीआरसीले आफूले घाइते व्यक्तिहरूको उद्धारमा सघाएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले भने इथियोपियाको सरकारलाई हवाई हमलाका विवरणबारे अनुसन्धान गर्न भनेको पनि बिबिसीमा उल्लेख छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












