रौतहट ।। रौतहटको गौर नगरपालिकाको आठौं नगर सभा आज सम्पन्न भएको छ । अगामी आर्थिक बर्ष २०७८र०७९ मा गरिने कार्यहरुको निती तथा कार्यक्रम प्रस्तुत गर्र्नुका साथै ४६ करोड ३४ लाख ५ हजार बराबरको पुंजिगत र चालु खर्चको अनुमानीत बजेट मेयर अजयकुमार गुप्ताले प्रस्तुत गरेका छन् । गौर नगरपालिकाले गौर नगरपालिका भित्र शहरी बिकाश मन्त्रालयको निर्माणधिन कामलाई यथासिघ्र अगाडि बढाउन पहल गर्ने, सडक वातिहरुलाई आधुनिकीकरण गर्ने, भवन मापदनड्लाई थप ब्यबस्थित बनाउने लगायतका नीतिहरु अबलम्बन गर्ने भएको छ । नगर प्रमुख अजय गुप्ताको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादव, उप प्रमुख किरण ठाकुर, प्रमुख प्रसासकिय अधिकृत सुवास ठाकुर लगायतकाहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै गढीमाई नगरपालिकाको कार्यालय समनपुर रौतहट को सातौ नगर सभा आज सम्पन्न भएको छ । अगामी आर्थिक बर्ष २०७८र०७९ को लागि ५० करोड ९८ लाख १५ हजार रकम विनियोजन गरेको हो ।

नगर सभाले आर्थिक बर्ष ०७८र०७९ को लागि कुल बजेटको चालु तर्फ २९ करोड ३२ लाख ३८ हजार र पुंजिगत तर्फ २१ करोड ६५ लाख ७७ हजार बिनियोजन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकार दिए ।
सातौ नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख श्यामप्रसाद यादवले स्थानीय सरकार आफैमा एउटा सवल सरकार रहेको हुँदा जनताहरुलाई चाहिने आधारभुत आवश्यक्ता एवं विकासको पूर्वाधारलाई केन्द्रविन्दु बनाएर बाँकी रहेको कार्यहरु आउदो आर्थिक बर्षमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
सोही अनुरुप निति तथा कार्यक्रमको साथै नगरको हरेक घर एवं व्यक्तिहरु विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरी नगर भित्रका वेरोजगार युवायुवतीहरुलाई सिपमुलक तालिमको प्रवन्ध मिलाई आत्मनिर्भर बनाउदै अघि बढ्ने विश्वास व्यक्त गरे । आन्तरिक आयलाई व्यवस्थित बनाउदै शिक्षा, स्वास्थ्य, खानेपानी सहितको योजनालाई बढि प्राथमिकता दिइएको उनले स्पष्ट पारे ।
कार्यक्रममा गढीमाई नगरपालिकाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्य ,जनप्रतिनिधी ,राजनितिक दलका प्रतिनिधी , बिभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।