काठमाडाैं ।। ६५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई तत्काल कोभिड १९ विरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सर्वोच्च अदालतले आज सरकारका नाममा अन्तरिक्ष आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई ढिलाइ भएको भन्दै अदालतले आदेश दिएको हो । अदालतले यथाशिघ्र खोपको व्यवस्था गर्न भनेको छ । विज्ञहरुले पहिलो डोज लगाएको ८ देखि १२ सातासम्म खोप लगाउन सकिने बताएका छन् । नेपालमा ६५ वर्ष माथिका १३ लाख भन्दा बढीले पहिलो डोज खोप लगाइसकेका छन् । दोस्रो डोज खोप लगाउन माग गर्दै अर्जुनराज गिरी समेतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here