काठमाडाैं ।। आज सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७८÷८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता छ । सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि त्यसैमा केन्द्रित हुने देखिएको छ । केन्द्रले प्रदेशलाई समानीकरणमा ५७ अर्ब ९५ करोड ४८ लाख, सशर्तमा ३५ अर्ब ८७ करोड ३१ लाख, विशेषमा चार अर्ब १५ करोड, समपूरकमा पाँच अर्ब ७२ करोड ४६ लाख गरी जम्मा एक खर्ब तीन अर्ब ७० करोड २५ लाख रकम छुट्याएको छ । यसका अतिरिक्त राजस्व बाँडफाँट र रोयल्टी बाडँफाँटबाट पनि प्रदेशलाई रकम जाने व्यवस्था गरिएको छ । बजेट ल्याउनका लागि प्रदेश १ मा आज दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । प्रदेश २ को प्रदेश सभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरिएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज बजेट पेस गर्नुहुने भएको छ । लुम्बनी प्रदेश सरकारको बजेट ल्याउनका लागि दिउँसो ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । कर्णाली प्रदेशको सरकारको बजेट ल्याउन दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । सुदूरपश्चिम प्रदेशमा भने अपराह्न ४ बजे प्रदेश सभामा आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here