रौतहट ।। बज्जिका भाषामा एउटा उखान छ, जेकरे भुत ओकरे भगताइ तवे मिल सफाई, यस्तै अवस्थामा जनप्रतिनिधिहरु रहेको छ । आफै भुत आफै भगता जस्ले आम नागरिकलाई सास्ती भोग्न मजवुर बनाउने गरेको छ ।
यस्तै समस्या हो रौतहटको राजदेवि नगरपालिका वार्ड न. ७ मुडवलवा टोलको एउटा सडकको जम्मा २० फिटमा रहेको झगडाको कारण वर्षौ देखि करिव डढ किलो मिटरको सडक नबन्दाँ २ देखि ३ फिट खाल्डा खुल्डीको हिलो भएर आम नागरिक जान बाध्य रहेको छ ।
राजदेवी नगरपालिकासंग छोटो दुरीमा ब्रम्हपुर र लक्ष्मीपुर वेलविछवा जोडने एक मात्र बाटो भएपनि हाल जनप्रतिनिधिहरुको गैरजिम्मवारीको कारण सडक निर्माण नहुदाँ स्थानीहरु हिलै हिलोको बाटो भएर जाने बाध्य रहेका छन् ।
गाउँको विकासको लागि ठेक्का लिने जनप्रतिनिध तथा गाउँका पंच ठेक्कदारहरु आफ्नो पक्षधरले जति गल्ती गरे पनि विपक्षलाई नै दोसी ठहरयाउने गरि लगाईएको भुतको कारण सडक निर्माण हुन नसकेको स्थानिय पिडित राजीव जैसवालले गुनासो गरे । स्थानीय जैसवालका अनुसार, यो सडक गाउँका राजनितिकर्मीहरुको राजनैतिक खिचातानीमा परिणत भएकै कारण समेत निर्माण नभएकोले हामीलाई आवत जावतको पिडा भोग्नु परेको छ । उनिहरुले चाहे एक मिनेटनमा सडक निर्माण हुने छ तर गाउँका पंचहरुले नै नचाहेर यो सडकको निर्माणमा समस्या देखिएको जैसवालले आरोप लगाएका छन् ।
तर राजदेवी नगरपालिकाका नगर प्रमुख धिरेन्द्र सिंहले, अगामी आर्थिक वर्षमा उक्त सडक निर्माणको लागि बजेट विनियोजन गरिएको र भदौ असोजमै काम हुने बताएका छन् । यस पालि कुनै उपाय नभएको र सडक निर्माणमा रहेको समस्याहरु समाधना भई सकेको नगरप्रमुख सिंह प्रतिक्रिया दिए ।
नगर प्रमुख सिंहले समास्या समाधान भएको भनिएपनि सडक निर्माणमा रहेको समस्या बर्करार नै रहेको स्थानिहरुको भनाई रहेको छ ।
यस सम्बन्धमा वडा अध्यक्ष संजय यादव संग प्रतिक्रिया लिन खोज्दा, फोन नै नउठाउने गरहेको छ ।
जनप्रतिनिधिहरुको यस्तो रवैयाले आम नागरिकको जनप्रतिनिधि विहिन भएकै राम्रो हुने बुझाइ तर्फ जन चाहन्छ । जनप्रतिनिधि नभएको बखत आफसी सदभावमा सडकमा नागरिकलाई आवत जावतमा सहजता रहेको हुने थियो भन्ने स्थानियहरुको बुझाई बन्दै गएको छ । यो समस्या एउटा प्रतिनिधि मुलक समस्या मात्र रहेको छ । यस्ता समस्याहरु प्रत्येक गाउँमा देखिन्छ । यस्तो त छैन कि जनप्रतिनिधिहरुले समस्या समाधान नगरेको हो, जनप्रनिधिहरु अग्रसरतामा ठुल ठुला कयौ समस्याहरु समाधन भएको छ तर विशेष गरि गाउँघरमा जनप्रितिनि तथा गाउँको ठेकेकादरहरुकै कारण सार्वजनिक समस्याहरु अल्झीदै गएको दिखिन्छ । यस्ता समस्याहरुलाई जनप्रतिनिधिहरुले तत्कालै समाधान गरि निकास दिनु पर्ने देखिन्छ अन्यथा जनप्रतिनिधि माथिको भरोसा निरासमा परिणत हुने पक्का हो । त्यसको परिणाम अगामी निर्वाचन देखिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here