काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो । यसका साथै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ९३ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । यसका साथै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ३ सय ५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै ५२२५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमण मुक्त हुनेहरुको जम्मा संख्या ५ लाख २० हजार ८ सय १६ रहेको छ ।
हल सम्म देशभर सक्रिय संक्रमितको जम्मा संख्या ७५ हजार २ सय ७५ रहेको मन्त्रालयले जनाएको छ ।





