रौतहट ।। नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रौतहटले सरकारको विरोधमा चन्द्रपुरमा प्रदर्शन गरेको छ । चन्द्रपुर बजारको मुख्य चौकमा शुक्रवार विहान उपप्रधानमन्त्री राजेन्द्र महतोको राजिनामाको माग गर्दै विरोध प्रदर्शन गरेको छ । सो प्रदर्शनमा उपप्रधानमन्त्री महत्तोले वहुल राज्य हुनुपर्छ भन्दै देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै तत्काल उनले राजिनामा दिनुपर्ने माग प्रदर्शनकारीहरुले गरेका छन् ।
नेपालीहरुमा सदियौँदेखि विविधता बीचमा पनि एकता कायम रहिरहेकोमा उपप्रधानमन्त्री महत्तोले सोएकता भाड्ने अभिव्यक्ति दिएकाले त्यस्ता व्यक्तिलाई एकछिन पनि सरकारमा बस्न नैतिकताले नदिने भन्दै तत्काल राजिनामा दिनुपर्ने नेविसंघ रौतहटका नेता सुमन गौतमको भनाइ छ ।कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले आफ्नो शत्ता जोगाउने नाममा देश विरुद्ध अभिव्यक्ति दिनेलाई तुरुन्त सरकारबाट हटाउनुपर्नेमा उल्टै संरक्षण दिएर राष्ट्रघात गरेको उनको आरोप छ । त्यसैगरी प्रदर्शनकारीहरुले नेपाल सरकारले वजेट मार्फत ल्याएको चुरे उत्तखनन्को निति खारेज हुनुपर्ने माग पनि गरेका छन् । सरकारले व्यापार घाटा कम गर्ने भन्दै चुरे दोहन गरेर तराई मधेसलाई मरभुमीकरण गराउन खोजेको भन्दै चेतावनी स्वरुप विरोध प्रदर्शन गरिएको बताउँदै युवा नेता संगम श्रेष्ठले कामचलाउ सरकारले अध्यादेश मार्फत ल्याएको वजेटमा राखिएको चुरे दोहन निति फिर्ता नलिए झन् कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।
प्रदर्शन कर्ताहरुले केपि ओलि राजिनामा दे , बहुल राज्य चाहिदैन , राजेन्द्र महतो राजिनामा दे , संसद विघटन फिर्ता गर , कोभिड खोपको तत्काल ब्यवस्था गर , राष्ट्रपतिको असंबैधानिक कदम खारेज गर,चुरे दोहन सम्बन्धी नीति खारेज,भ्रष्ट सरकार राजिनामा दे जस्ता नारा लेखिएको प्ले कार्ड सहित चन्द्रपुरमा नेपाल विद्यार्थी संघ रौतहटले प्रदर्शन गरेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here