काठमाडाैं ।। सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज समसामयिक राजनीतिक घटनाक्रमको बारेमा सर्वदलीय छलफल हुँदैछ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरूलाई छलफलमा बोलाइएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । दिउँसो २ बजे सङ्घीय संसद भवन नयाँबानेश्वरमा सुरु हुने छलफलमा सहभागिताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्राचार गरिएको सभामुखको सचिवालयले जनाएको छ । दोस्रो पटक संसद विघटन भएपछि सभामुख सापकोटाले कानुनविद, पूर्व सभामुख लगायतका सरोकारवाला निकायसँग परामर्श गर्नुभएको थियो । कानुनविदसँगको कुराकानीमा सभामुख सापकोटाले संसद विघटनविरुद्ध संविधान अनुसार नै असाधारण कदम पनि चाल्न सक्ने चेतावनी दिनुभएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।