काठमाडाैं ।। प्रदेश नं २ को प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक आज बस्ने भएको छ । प्रदेश २ सरकारले प्रदेशसभाको चालू पाँचौं अधिवेशन अन्त्य गरेपछि आजका लागि बजेट अधिवेशन आह्वान गरिएको हो । मन्त्रिपरिषद्का सिफारिशमा प्रदेश प्रमुख डाक्टर राजेश अहिराजले सोमवारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्नु भएको छ । प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार बैठकमा दलका नेताहरूले शुभकामना दिने र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आव २०७८÷०७९ का लागि तयार गरिएको पूर्वबजेटको दस्तावेज टेबल गर्ने कार्यसूची छ । प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसैगरी सरकारको आव २०७८ ÷७९ को नीति तथा कार्यक्रम सोमवार बस्ने प्रदेशसभा बैठकमा पूर्वबजेट छलफलपछि मात्र संसद्मा प्रस्तुत हुने भएको छ । सोअनुसार प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम ल्याउने उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here