काठमाडाैं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतवार (आज) त्याे अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकाल्नुभएकाे प्रेस विज्ञप्तिमा जनाइएको छ ।
कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानुन बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here