काठमाडौँ ।। नोबेल कोरोना भाइरसको महामारी नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा आजदेखि १० दिनका लागि थपिएको छ । यसपाली निषोधाज्ञाका केही प्रावधान भने खुकुलो बनाइएको छ । अब खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोरह बिहान ९ बजेसम्म खोल्न पाइने छ । यसअघि जेठ १४ गतेदेखि खाद्यान्न पसलसमेत खोल्न नपाइने निर्णय भएको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार निर्माण सामग्री, ढुवानी गर्ने सवारीसाधन राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने छ । सवारीसाधन मर्मतका लागि राति ९ बजेदेखि बिहान ९ बजेसम्म वर्कशपहरू समेत सञ्चालन गर्न पाइने छ । औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दाबाहेक कुनै पनि व्यक्ति घर वाहिर ननिस्किने, दुई व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने, अनिवार्य मास्कको प्रयोग गर्ने, पटकपटक साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, नाचघर, क्लव, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने लगायतका व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here